सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ६ बाट प्रतिनिधिसभामा कांग्रेसको नतिजा शून्य


सुर्खेत । प्रदेश नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस नतिजा शून्य भएको छ । १२ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशको प्रतिनिधिसभाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । १२ क्षेत्रमध्ये सुर्खेत र दैलेखका दुई(दुईसहित मुगु, र डोल्पामा गरी छ क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् भने सल्यान, जाजरकोट, कालिकोट, पश्चिम रुकुम र जुम्लामा गरी ५ क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
हुम्लामा भने स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले जित हात पारे । माओवादी केन्द्रका नेता लामाले वाम गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रकै छिमी दोर्जे लामा र नेपाली कांग्रेसका मंगलबहादुर शाही लगायतका उम्मेदवारलाई पराजित गर्दै लामा विजयी भएका हुन् । नेपाली कांग्रेसले यो क्षेत्रका कुनै पनि क्षेत्रमा जित हात पार्न सकेन । योसँगै प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट कांग्रेसको प्रतिनिधित्व नहुने पक्का भएको छ ।

प्रदेश नंं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितहरु (मतपरिणाम सहित)
सुर्खेत
क्षेत्र नंं १ ध्रुवकुमार शाही, एमाले ३६७५९
क्षेत्र नंं २ नवराज रावत, एमाले ३७४४७
दैलेख
क्षेत्र नंं १ रविन्द्रराज शर्मा, एमाले २३७७३
क्षेत्र नंं २ राजबहादुर बुढा, एमाले २३३२३
डोल्पा
धनबहादुर बुढा, एमाले ११७६१
मुगु
गोपालबहादुर बम, एमाले १३०३४
सल्यान
टेकबहादुर बस्नेत, माओवादी केन्द्र ४०८९७
पश्चिम रुकुम
जनार्दन शर्मा, माओवादी केन्द्र ३४४०२
जाजरकोट
शक्तिबहादुर बस्नेत, माओवादी केन्द्र ३२२८१
कालिकोट
दुर्गाबहादुर रावत, माओवादी केन्द्र २१११२
जुम्ला
गजेन्द्रबहादुर महत, माओवादी केन्द्र १९१८७
हुम्ला
छक्कबहादुर लामा, स्वतन्त्र ८४९१

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ०८:४४