सूचनाको शक्ति - The Power Of Information

        

नारदमुनीलाई मन्त्री बनाउन पहल गर्छु : आरजु

धनगढी । कांग्रेस नेतृ आरजु देउवा राणाले आफूलाई पराजित गर्ने एमाले सांसद नारदमुनी रानालाई मन्त्री बनाउन आफूले पहल गर्ने बताएकी छन् । ५ हजार भन्दा बढि मतान्तरमा नारदमुनीसँग कैलाली ५ मा पराजित भएकी राणाले क्षेत्रको विकास लागि नारदमुनी मन्त्री बन्नुपर्ने बताइन् ।
चुनावमा पराजय भोगेपछि धनगढीमा किनिएको भनिएको नयाँ निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई मतदान गर्ने सबैलाई धन्यावद दिइन् । राणाले नादरमुनी रानाले आफूलाई पराजित गरेपनि यो क्षेत्रको विकासका लागि उनलाई मन्त्री बनाउन आफूले माथि पहल गर्ने बताइन् ।
राणाले आफ्नो पराजयमा जातीय र भेगीय नाराले पनि काम गरेको र कांग्रेसभित्रको अशन्तुष्टि पनि कारक रहेको बताएकी छन् । यसअघि शेरवहादुर देउवाले जितेको सो क्षेत्रमा उपचुनाव जितेका पुष्कर ओझानै आरजुलाई हराउन भूमिका खेलेको आरोप लागिरहेको छ । राणाले आफूमाथि कसले अन्तरघात गरे भन्ने खुलाउन चाहिनन् । बरु चुनाव हारे पनि यहि क्षेत्रबाट भविष्यमा राजनीतिक गर्ने बताइन् ।

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ०७:४३