सूचनाको शक्ति - The Power Of Information

        

रोल्पामा प्रत्यक्ष तर्फको १५ प्रतिशत मत बदर

रोल्पा । रोल्पामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रत्यक्ष तर्फ १५ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना भइसक्दा झण्डै १० हजार मत बदर भएको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षमा जम्मा ६८ हजार ६५९ मत खसेकोमा ५ हजार २७६ मत बदर भएको छ । प्रदेशसभा ‘क’ मा जम्मा ३३ हजार ८३३ मत खसेकोमा २ हजार ७८५ मत बदर भएको छ भने प्रदेशसभा ‘ख’ मा जम्मा ३७ हजार २५९ मत खसेकोमा १ हजार ८९२ मत बदर भएको छ ।
बदर मत धरै जसो ल्याप्चे लगाइएको, दुई ठाउँमा स्वस्तीक छाप लगाएको र मतदान अधिकृतको सही नभएको पाइएको छ । यस्तै दुईवटा चुनाव चिन्हको बिचमा स्वस्तीक छाप लगाएको पाइएको मतगणना स्थलमा बसेका दलका प्रतिनिधिहरुले जनाएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ०६:०९