सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड एकपटक पनि पुगेका छैनन् गणनास्थलमा !

चितवन । चितवनमा अहिले मतगणना भैरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट चुनाव लडेपछि सबैको ध्यान चितवनको मतगणना तर्फ केन्द्रित भैरहेको छ । एमाले अध्यक्ष केपी ओली झापा र कांग्रेस सभापति डडेल्धुराबाट निर्वाचित भैसक्दा प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा भने सुस्त गतिमा मतगणना चलिरहेको छ ।
चितवन ३ मा कांग्रेसको समर्थनमा चुनाव लडेका बिक्रम पाण्डेर प्रचण्डको चुनावी प्रतिस्पर्धाले सबैको ध्यान तानिरहेको समयमा माओवादी अध्यक्ष प्रचण्ड भने एक पटक पनि मतगणनास्थल पुगेका छैनन् । चुनावी प्रचारका लागि निकै खटेर लागेका प्रचण्ड चुनाव सम्पन्न भएपछि एकपटक पनि गणनास्थलमा पुगेका छैनन् । उनी चितवन वा काठमाडौं कहाँ छन् त्यो पनि जानकारी छैन । उनका प्रत्यासी पाण्डे भने गणना सुरु हुनुभन्दा अगाडि गणनास्थलमा पुगेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार १०:१६