पाल्पा । पाल्पामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका ४ सिट रहेको पाल्पामा सबै सिटमा विजयी हासिल गर्दै वाम गठबन्धनले पाल्पा जिल्लालार्इ कम्युनिष्ट किल्ला बनाएको हो । पाल्पा क्षेत्र नं। १ मा गठबन्धनबाट एमालेका दलबहादुर रानाले ३२ हजार ५४९ मत ल्याएर कांग्रेसका विजयराज घिमिरेलाई पराजित गरे । प्रतिस्पर्धी घिमिरेले २३ हजार ९९३ मत ल्याए ।
यस्तै क्षेत्र नं २ मा पनि एमालेका रोमप्रसाद पाण्डेयले ३४ हजार ८९९ मत ल्याएर कांग्रेसकै हरिप्रसाद नेपाललाई पराजित गरेका छन् । नेपालले २४ हजार ५५४ मत ल्याए । यस्तै क्षेत्र नं १ ‘क’मा गठबन्धनबाटै एमालेका युवराज खनालले कांग्रेसका वेदराज ढकाललाई पराजित गरे । खनालले १७ हजार ८५१ मत ल्याए भने ढकालले १३ हजार ६६० मत ल्याए ।
क्षेत्र नं १ ‘ख’ मा पनि एमालेकै नारायणप्रसाद आचार्यले १२ हजार ७६५ मत ल्याएर कांग्रेसका दानबहादुर पछाई क्षेत्रीलाई पराजित गरे । पछाई क्षेत्रीले १० हजार ५०२ मत ल्याए । यता क्षेत्र नं। २ ‘क’ मा पनि एमालेकै पुरनमान बज्राचार्यले १८ हजार ४२ मत ल्याएर कांग्रेसका माधवप्रसाद नेपाललाई पराजित गरेका छन् । प्रतिस्पर्धी नेपालले १३ हजार ४७० मत ल्याए । प्रदेश ‘ख’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका तुलाराम घर्ती मगरले १६ हजार ४२२ मत ल्याएर कांग्रेसका रामबहादुर कार्कीलाई राजित गरेका छन् । कार्कीले ११ हजार ४९६ मत ल्याए ।
।