सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा दुई क्षेत्रको मतगणना सकियो, बाँकी स्थानमा वाम उम्मेद्वारको अग्रता कायमै

बाँके । बाँकेका तीन वटा निर्वाचन क्षेत्रमध्ये दुई वटाको मतगणना सकिएको छ । निर्वाचन क्षेत्र नं. २ र ३ प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सकिएको छ भने निर्वाचन क्षेत्र नं. १ ‘क’ को मतगणना पनि सकिएको छ । निर्वाचन क्षेत्र नं. २ मा संघीय समाजवादी फोरमका मो.ईस्तियाक राई र निर्वाचन क्षेत्र नं. ३ मा एमालेका नन्दलाल रोकाय विजयी भएका छन् ।
राईले २१ हजार ५७५ मत ल्याएका छन् । उनका प्रतिश्पर्धी वाम गठबन्धनका पशुपतिदयाल मिश्रले १५ हजार ९५१ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६५१ मत प्राप्त गरी तेस्रो भएका छन् ।
निर्वाचन क्षेत्र नं. ३ मा एमाले उम्मेद्वार नन्दलाल रोकायले ३१ हजार ६०१ मत प्राप्त गरेका छन् भने उनका प्रतिश्पर्धी नेपाली काँग्रेसका बादशाह कुर्मीले २६ हजार ६१७ मत प्राप्त गरेका छन् । बाँके २ प्रदेश सभा ‘क’ मा संघीय समाजवादी फोरमका विजय यादव ११ हजार ५७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिश्पर्धी नेपाली काँग्रेस निरन्जन सिंह सिजापतिले ७ हजार ७५१ मत ल्याएका छन् ।
त्यस्तै बाँके २ प्रदेश सभा ‘ख’ मा नेपाली काँग्रेसका सुरेन्द्र हमालले ९ हजार २११ मत ल्याएर विजयी प्रतिश्पर्धी संघीय समाजवादी फोरमका दुर्गेशकुमार गुप्तालाई पराजित गरेका छन् । उनले ८ हजार ४३२ मत ल्याएका छन् भने एमाले उम्मेद्वार विजयकुमार गुप्ता ५ हजार ३२७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
बाँके क्षेत्र नं. ३ ‘क’ मा माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल १६ हजार ६७५ मतसहित विजयी भएका छन् भने उनका प्रतिश्पर्धी नेपाली काँग्रेसका चन्तराम थारुले १४ हजार ९८१ मत ल्याएका छन् । बाँके क्षेत्र नं. ३ ‘ख’ मा एमालेका बाबुराम गौतमले ११ हजार ८७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिश्पर्धी नेपाली काँग्रेस लक्ष्मीनारायण शाह ७ हजार ५९२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार विजय पाठक ४ हजार ३४० मतसहित तेस्रो स्थानमा छन् ।
बाँके क्षेत्र नं. १ ‘क’ मा माओवादी केन्द्रका कृष्णा केसी नमुना १३ हजार ४३६ मतसहित विजयी भएकी छन् । उनका प्रतिश्पर्धी नेपाली काँग्रेसका शरदचन्द्र बर्माले १० हजार २४० मत प्राप्त गरेका छन् । बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा र प्रदेशसभा ‘ख’ को मतगनणा भइरहेको छ । बाँकी रहेका दुवै स्थानमा वाम उम्मेद्वारको अग्रता कायमै रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०८:०७