काठमाडौँ । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ दुई तिहाई जित उन्मुख वाम गठबन्धनको प्रदेशसभामा पनि वर्चश्व देखिएको छ । जारी प्रदेशसभाको प्रारम्भिक मत गणनामा अधिकांश प्रदेशमा वाम गठबन्धनको अग्रता छ ।
प्रदेश नम्बर १ मा एमालेले १९ सिटमा जित हात पारेका छन भने ९ सिटमा अग्रता लिइरहेको छ। त्यस्तै गठबन्धनको अर्को दल माओदी केन्द्रले यो प्रदेशमा ६ सिटमा जित हात पारको छ भने ४ ठाउमा अग्रता लिइरहेको छ । यो प्रदेशमा कांग्रेस ४ सिटमा विजयी भएको छ र ३ सिटमा मात्रै अग्रता लिएको छ ।
प्रदेश नम्बर २ मा भने मधेश केन्द्रित दल र वाम गठबन्धनबीच कडा प्रतिष्पर्धा देखिएको छ । यो क्षेत्रमा राजपा र संघीय फोरम गरि ७ सिटमा विजयी भएका छन् भने ११ सिटमा अग्रता लिइरहेका छन् । वाम गठबन्धनले पनि यो प्रदेशमा अहिलेसम्म ७ सिटमा जित हात पारेको छ भने ८ सिटमा अग्रता लिइरहेको छ । यहाँ एमालेले ३ सिट जितेको छ र ५ सिटमा अग्रता लिइरहेको छ । माओवादी केन्द्रले ४ सिटमा जित हात पारेको छ भने ३ सिटमा अग्रता लिइरहेको छ। कांग्रेस यो प्रदेशमा ३ सिटमा विजयी भएको छ भने २ सिटमा अग्रता लिइरहेको छ ।
त्यस्तै प्रदेश नम्बर ३ मा पनि वाम गठबन्धनकै वर्चश्व देखिएको छ । यहाँ एमालले २३ ठाँउमा जितेको छ भने १२ ठाँउमा अग्रता लिइरहेको छ । त्यस्तै माओवादी केन्द्रले ६ सिटमा जितेको छ र त्यती नै सिटमा अग्रता लिइरहेको छ । यो प्रदेशमा कांग्रेसले जम्मा ६ सिटमा जित निकालेको छ भने १ ठाँउमा मात्रै अग्रता लिइरहेको छ । प्रदेश नम्बर ४ मा पनि वाम गठबन्धनकै अग्रता छ । यहाँ एमालेले ११ सिटमा जित निकालेको छ भने २ सिटमा अग्रता लिएको छ । माअोवादी केन्द्रले ५ ठाँउमा जितेको छ र ३ सिटमा अग्रता लिइरहेको छ । त्यस्तै नेपाली कांग्रेसले यो प्रदेशमा ३ सिटमा जित निकालेको छ भने ४ सिटमा अग्रता लिएको छ ।
प्रदेश नम्बर ५ मा पनि वाम गठबन्धनकै अग्रता छ। यहाँ एमालेले १५ सिटमा जित हात पार्दैै १० सिटमा अग्रता लिइरहेको छ । माओवादी केन्द्रले १२ सिटमा जित निकाल्दै ३ सिटमा अग्रता लिइरहेको छ । यो प्रदेशमा नेपाली कांग्रेसले ४ सिटमा जितेको छ भने जम्मा १ सिटमा मात्रै अग्रता लिएको छ । प्रदेश नम्बर ६ मा पनि वाम गठबन्धनकै अग्रता छ । यहाँ एमालले १० सिटमा जितेको छ भने ३ सिटमा अग्रता लिइरहेको छ । माओवादी केन्द्रले ७ सिटमा जितेको छ भने अग्रता कतै पनि छैन् । नेपाली कांग्रेसले यो प्रदेशमा जम्मा १ सिटमा जित हात पारेको छ भने अग्रता कतै पनि छैन् ।
त्यस्तै ७ नम्बर प्रदेशमा पनि वाम गठबन्धनले नै अग्रता लिएको छ । यहाँ एमालेले ५ सिट जितेको छ भने ९ सिटमा अग्रता लिइरहेको छ । माओवादी केन्द्रले ३ सिट जितेको छ भने ६ सिटमा अग्रता लिइरहेको छ । यो प्रदेशमा नेपाली कांग्रेसले कतै पनि जितेको छैन् । अग्रता भने ३ सिटमा लिइरहेको छ ।
।