सूचनाको शक्ति - The Power Of Information

        

सिन्धुली १ मा एमालेका पहाडी र २ मा माओवादीका हरिबोल बिजयी

सिन्धुली । सिन्धुलीका दुवै क्षेत्रमा वामपन्थी गठबन्धनले बिजय हासिल गरेको छ । प्रतिनिधिसभातर्फ एमालेका गणेश पहाडी क्षेत्र नम्बर १ मा ३२ हजार ५२९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेमचन्द्र दाहालले २२ हजार ३८९ मत पाएका छन् ।
पहाडी यसअघि पनि सोही क्षेत्रबाट २०७० मा निर्वाचित भएका थिए । त्यस्तै क्षेत्र नम्बर २ मा माओवादी नेता हरिबोल गजुरले १२ हजार मतान्तरमा बिजयी भएका छन् । गजुरेल ३० हजार १७९ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका नरेन्द्रजंग थापाले १८हजार १२७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०६:०६