सूचनाको शक्ति - The Power Of Information

        

दाङ १ बाट विजयी हुने को हुन मेटमणी ?

दाङ । दाङको क्षेत्र नम्बर १ मा नेकपा एमालेका मेटमणी चौधरी विजयी भएका छन् । मेटमणी चौधरीले २७ हजार ९ सय ८ मत ल्याएर विजयी भए भने कांग्रेसका २४ हजार ७४ मत ल्याए । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीले अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको जन्म २०२९ सालको चैत १० गते गढवा ८ मानपुर देउखुरी, दाङमा भएको हो ।
जनता मावि गढवाबाट एसएलसी गरेकी चौधरीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट अर्थशास्त्रमा र महेन्द्र बहुमुखी क्याम्पस दाङबाट राजनीतिमा स्नातकोत्तर गरेका हुन् । मेटमणि चौधरी २०७१ सालमा एमाले वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएपछि दाङ जिल्ला इन्चार्ज भएका छन् । २०६३ मा एमालेको क्षेत्रीय अध्यक्ष र जिल्ला सचिवालय सदस्य बनेका चौधरी २०५९ मा अखिलको मध्यपश्चिम अध्यक्ष र २०५५ सालदेखि ०६१ सम्म अखिलको केन्द्रीय सदस्य भएका थिए ।
उहाँ २०४६ सालमा मावि गढवामा अखिलको अध्यक्ष, २०४९ र २०५३ सालसम्म महेन्द्र बहुमुखी क्याम्पसको स्ववियू सदस्य, २०४८ सालमा अखिलको क्षेत्रीय अध्यक्ष, २०५५ सालमा अखिलको जिल्ला अध्यक्ष र २०५७ सालमा अखिलको राप्ती अञ्चल अध्यक्ष भएका थिए । उनको हालको बसोबास गढवा— ८ मानपुर देउखुरी, दाङमा छ ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०६:०३