सूचनाको शक्ति - The Power Of Information

        

दाङमा सकियो मतगणना : वामगठबन्धन हाबी

दाङ । प्रतिनिधि सभा र प्रदेश सभा गरी कूल ९ क्षेत्र रहेको दाङको नतिजा सार्वजनिक भएको छ । ९ क्षेत्र मध्ये ८ वटामा वामगठवन्धन विजयी भयो भने एक प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ । तीन वटै प्रतिनिधि सभामा वामगठवन्धन विजयी भएको छ । क्षेत्र नम्बर १ मा एमालेका मेटमणी चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । अहिले भर्खरै सकिएको मतगणना अनुसार उनले ३७ हजार ९ सय ८ मत प्राप्त गर्दै विजय प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी कांग्रेसकी शुसीला चौधरीले २४ हजार ७४ मत प्राप्त गरिन् ।
यसैगरी क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महरा निर्वाचित भए भने क्षेत्र नम्बर ३ मा एमालेका हिराचन्द्र केसी निर्वाचित भए । यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ क मा माओवादीका ईन्द्रजीत चौधरी निर्वाचित भए भने प्रदेशसभा ख मा एमालेका रेवतीरमण शर्मा निर्वाचित भए । क्षेत्र नम्बर २ क मा एमालेका शंकर पोख्रेल निर्वाचित भए भने ख मा एमालेकै अमरबहादुर डाँगी निर्वाचित भए । क्षेत्र नम्बर ३ क मा भने नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी निर्वाचित भए । दाङमा कमांग्रेसको तर्फबाट जित्ने उम्मेवार उनी मात्रै हुन् । यस्तै क्षेत्र नम्बर ३ ख मा एमालेका उत्तरकुमार ओली निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०५:५५