सूचनाको शक्ति - The Power Of Information

        

समानुपातिकको अपडेट एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा

काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । करिब आधा दर्जन निर्वाचन क्षेत्रमा भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।
प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि रहेको माओवादी समानुपातिकमा भने तेस्रो स्थानमा छ । मधेसका जिल्लामा समानुपातिकको मतगणना भएकाले राजपा र फोरमको खासै मत खसेको छैन । तथापि पहाडमा समेत राजपाले राम्रो मत ल्याएको छ ।
कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।

आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ
१ नेकपा एमाले ७३२९३
२ नेपाली कांग्रेस ६९८४९
३ माओवादी केन्द्र ३०२६२
४ नयाँ शक्ति ५२४१
५ राजपा ३४८५
६ राप्रपा २४००
७ विवेकशील साझा ८३७
८ राप्रपा प्रजातान्त्रिक ६०४
९ संघीय फोरम ४५८

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०४:३०