सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले २३ हजार २९ मत प्राप्त गरि बिजयी हुँदा नेपाली कांग्रेसका डा।प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका छन् । यसअघि २०६४ र २०७० का दुवै संविधानसभा चुनावमा कांग्रेसका नरहरी आचार्यसँग पराजय भोगेका पोखरेलको यो तेस्रो प्रयासको सफलता हो । पोखरेल २०५६ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०४:२३