सूचनाको शक्ति - The Power Of Information

        

कमल थापालाई पराजित गर्दै कृष्ण दाहालले पूरा गरे ह्याट्रिक

काठमाडौ‌ । राप्रपा अध्यक्ष कमल थापालाई पराजित गर्दै एमालेका कृष्णप्रसाद दाहाल मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यो जितसँगै दाहालले ऊर्जामन्त्री समेत रहेको थापाविरुद्ध जितको ह्याट्रिक पूरा गरेका छन् । एमाले नेता दाहालले ५ हजार ९७३ मतान्तरले थापालाई हराएका हुन् । दाहलले ४० हजार ६३१ मत प्राप्त गरेका छन् भने भने थापाले ३४ हजार ६५८ मत मात्रै पाएका छन् ।
थापालाई पराजित गरेर दहाल तेस्रोपटक सांसद बनेका हुन् । ०४८ र ०५६ सालको निर्वाचन जितेका दहाल ०५१ सालको मध्यावधि चुनावमा भने कमल थापासँग पराजित भएका थिए । ४३ मा तत्कालीन ठिंगन गाविसका जनपक्षीय प्रधानपञ्च समेत बनेका दाहालले एमाले मकवानपुरमा चार कार्यकाल नेतृत्व गरेका छन् । उनले ०५४ देखि ०६६ सम्म निरन्तर एमाले मकवानपुरको नेतृत्व सम्हालेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०३:५४