सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा २ मा फोरमका राई विजयी, १ र ३ मा वाम गठबन्धनको अग्रता कायमै

बाँके । बाँकेको क्षेत्र नं. २ मा प्रतिनिधी सभातर्फ संघीय समाजवादी फोरमका मोहम्मद ईस्तियाक राई विजयी भएका छन् । राईले २१ हजार ५७५ मत ल्याएर विजयी हँुदा निकटतम प्रतिद्वन्द्वी बाम गठवन्धनका पशुपतिदयाल मिश्रले १५ हजार ६५१ मत सहित दोश्रो भएका छन् । क्षेत्र नं. २ क प्रदेशमा मा पनि संघीय समाजवादी फोरमका विजय यादव विजयी भएका छन् ।
प्रदेश (ख) मा लोकतान्त्रिकका सुरेन्द्र हमाल ९ हजार २११ मतसहित विजयी भएका छन् । फोरमका दुर्गेश गुप्ताले ८ हजार ४३२ मत प्राप्त गरे । वाम गठबन्धनका विजयकुमार गुप्ताले ५ हजार ३२७ मत पाएका छन् । मतगणना भइरहेका प्रतिनिधिसभा क्षेत्र १ र ३ मा वाम गठबन्धन अगाडि देखिएका छन् । प्रतिनिधिसभा क्षेत्र १ मा वाम गठबन्धनका उम्मेदवार महेश्वर गहतराज १७ हजार ५९५ मतसहित अग्रता लिइरहेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधवराम खत्रीले १६ हजार ४६८ ल्याएर पछ्याइरहेका छन् ।
उक्त प्रतिनिधिसभा प्रदेश (क) मा वाम गठबन्धनका नमुना केसी १३ हजार ४३६ मत लिएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शरदचन्द्र बर्माले १० हजार २४० मत प्राप्त गरे । प्रदेश ‘ख’मा एमालेकी आरती पौडेलले ८ हजार ७९ मतसहित अग्रता लिएकी छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणप्रसाद गौडेलले ५ हजार ५६१ मतले पछ्याइरहेका छन् । प्रतिनिधिसभा ३ मा वामगठबन्धनका नन्दलाल रोकाय २६ हजार ३५४ मतसहित अघि छन् भने उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बादशाह कुर्मीले २२ हजार ३२९ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रको प्रदेश (क) मा वाम गठबन्धनका इन्द्रप्रसाद खरेल १६ हजार ६७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका चन्तराम थारुले १४ हजार ९८१ मत प्राप्त गरे । प्रदेश (ख) मा बाबुराम गौतमले ११ हजार ८७७ मत लिएर विजयी भएका छन् भने नेपाली काँग्रेसका लक्ष्मीनारायण शाहले ७ हजार ५९२ मत लिएर दोश्रो र स्वतन्त्र उम्मेदवार विजय पाठकले ४ हजार २४० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०३:४४