सूचनाको शक्ति - The Power Of Information

        

शान्तिपूर्वक निर्वाचन सम्पन्न गरेको भन्दै संयुक्त राष्ट्रसंघले दियो नेपाललाई बधाई

काठमाडौं । शान्तिपूर्वक ढङगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गरेकोको संयुक्त राष्ट्रसंघले नेपाललाई बधाई दिएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार बिज्ञप्ती जारी गर्दै उनले बधाई दिएका हुन् ।
यस निर्वाचन संघीयता कार्यान्वायनका लागि ऐतिहासिक हुने उनको बिश्वास छ । समाबेशी र जनसहभागिपूर्ण शासन प्रणाली अपनाउन उनले आग्रह गरेका छन् । त्यसका लागि आफुहरुको सहयोग जारी रहेन बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार १०:५४