काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रतिनिधसभा सदस्य तर्फको प्रत्यक्षतर्फ आएको प्रारम्भिक नतिजामा बाम गठबन्धनका उम्मेदवारहरुको विजयी यात्रा बढ्ने क्रममा छ ।
कतिपय मत गणना जारी रहेका र कांग्रेसकै वर्चश्व र प्रभाव रहेका क्षेत्रमा समेत कांग्रेसका हेभिवेट नेताहरु रक्षात्मक हुन सकिरहेका छैनन् । अहिलेसम्म आइरहेको मत परिणामको आधारलाई हेर्दा कांग्रेसका हेभिवेट नेताहरुमध्ये प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा र शशांक कोइरालाबाहेक रामचन्द्र पौडेल, डा रामशरण महत, अर्जुननरसिंह केसी, विमलेन्द्र निधी विजय गच्छेदार लगायतका अन्य नेताहरु डेन्जर जोनमै रहेका छन् ।
डडेलधुराबाट उम्मेदवार बनेका सभापति शेरबहादुर देउवाले १०९६० प्रतिद्धन्द्धी खगराज भटटले ६५६८ भटटले ल्याएका छन् । देउवा भटट् भन्दा झण्डै चारहजार मतले अगाडि छन् । त्यस्तै तनहुँबाट उम्मेदवार बनेका रामचन्द्र पौडेललाई बाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले चुनौती दिइरहेका छन् । श्रेष्ठले १५८२४ मत ल्याउदा पौडेलले १२६६४ मत ल्याएका छन् । पौडेल झण्डै तीन हजार मतले पछि छन् ।
त्यस्तै अर्का दुई नुवाकोटका हेभिवेट नेता डा रामशरण महत र अर्जुननरसिंह केसी पनि डेन्जर जोनमै रहेका छन् । अहिलेसम्म १ का रामशरण महतले ११५०० मत ल्याउँदा उनका प्रतिद्धन्द्धी हितमान लामाले १३९८० मत ल्याउदै अग्रता कायम गरेका छन् । उता २ नंम्बर क्षेत्रका अर्जुननरसिंह केसी पनि प्रतिद्धन्द्धी नारायण खतिवडाभन्दा निकै पछाडी परेका छन् । केसीले १२९१४ मत पाउँदा खतिवडाले १८०६५ मत ल्याएका छन् ।
त्यसैगरी अर्का हेभिवेट नेता हुन कृष्ण प्रसाद सिटौला । सिटौला झापा ३ बाट प्रतिश्पर्धा गर्दै छन् । उनका प्रतिद्धन्द्धी राप्रपाका राजेन्द्र लिङदेन सिटौलाभन्दा अघि छन् । लिङदेनले ११०१५ मत ल्याउदा सिटौलाले ८०५९ मत मात्रै पाएका छन् । त्यस्तै अर्का नेता विमलेन्द्र निधी पनि सुरुबाटै मतपरिणाममा पछि परेका छन् । धनुषा ३ बाट चुनाव लडेका निधी राजपाका नेता राजेन्द्र महतोसँग प्रतिश्पर्धा गर्दैछन् ।
अहिलेसम्म निधीले ११९५२ मत ल्याएका छन् तर उनलाई राजेन्द्रले झण्डै ३६०० मतले लिड गरिरहेका छन् । उता लोकतान्त्रिक फोरम छोडेर कांग्रेस मिसिएका विजय कुमार गच्छदार पनि सुरुवाती परिणाममा निकै पछि परेका छन् । एमालेकी भगवती चौधरीसँग प्रतिश्पर्धा गरेका गच्छदार चौधरी भन्दा झण्डै २ हजार मतअन्तरले पछि छन् । चौधरीले ५१३८ मत ल्याउदा उनले ३७४४ मत पाएका छन् । यसअघिको निार्वचनमा गच्छेदारले चौधरीलाई हराएका थिए ।
काठमाडौ ५ मा एमाले महासचिव इश्वर पोखरेलसँग प्रतिश्पर्धा गर्दै आएका नेता डा प्रकाशसरण महत पनि डेन्जर जोनबाट अघि बढ्न सकेका छैनन । मतगणनाको सुरुवाती चरणमा काठमाडौ ५ मा पोखरेलले ५५२२ मत ल्याउदासम्म महतले ३ हजार १७२ मत मात्रै ल्याएका छन् । महत झण्डै २ हजारले पछि छन् ।
।