सूचनाको शक्ति - The Power Of Information

        

बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादीका थारु विजयी

बर्दिया । बर्दियाको प्रदेशसभा क्षेत्र नम्बर २ को ‘ख’ मा माओबादी केन्द्रका दिपेश थारु २३ हजार ६३२ मत सहित विजयी भएका छन् । दिपेश थारु ५ हजार ७२० मतअन्तरले निकटतम प्रतिद्धन्द्धी कांगे्रसका नाचुराम थारुलाई पछी पार्दै विजयी भएको निर्वाचन अधिकृत हिरण्य भण्डारीले घोषण गरेका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी कांगे्रसका नाचुराम थारुले १७ हजार ९१२ मत प्राप्त गरेका छन् । विजयी घोषणा भएपछी सदरमुकाम गुलरियामा विजयी जुलुस निकालिएको छ । उनले विजयी जुलुसमा बर्दियाको विकासका लागि लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार १०:२२