इलामका दुवै क्षेत्रमा एमालेको अग्रता फराकिलो हुँदै
।
इलाम । इलामका दुवै प्रतिनिधिसभामा एमाले उम्मेदवारको अग्रता बढाउँदै लगेका छन् । क्षेत्र नम्बर १ मा गणनाको शुरु देखि नै अग्रता लिइरहेका एमालेका झलनाथ खनालले अहिले कांग्रेसका भुपेन्द्र कट्टेलसंगको अग्रता ६ हजार नघाएका छन् । पछिल्लो विवरण अनुसार खनालले १४ हजार ८५६ र कट्टेलले ८ हजार ४९० मत पाउनुभएको छ ।
यस्तै, क्षेत्र नम्बर २ मा एमालेकै सुवासचन्द्र नेम्बाङले पनि अग्रता बढाएर ४ हजार ६०० नघाएका छन् । पछिल्लो विवरण अनुसार नेम्बाङ्गले १६ हजार ३१३ मत पाएका छन् । कांग्रेसका केशव थापाले ११ हजार ६९८ मत पाएका छन् ।
।