सूचनाको शक्ति - The Power Of Information

        

नतिजा घोषणा नहुँदै काठमाडौं २ का कांग्रेस उम्मेदवारद्वारा हार स्विकार

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दिपकप्रसाद कुईकेलले आफूले जस्तोसुकै चुनावी परिणामलाई पनि स्विकार गर्ने बताएका छन् । एमालेका उम्मेदवार माधवकुमार नेपालभन्दा करिब १० मतले पछाडि पारेका उनले आफूलाई साथ दिने मतदातालाई प्रेस बिज्ञप्ति निकालेर धन्यवाद दिएका छन् ।
लगभग हारको संघारमा पुग्नुभएका उनले घुमाउँरो तरिकाले हारको स्विकार गरेका छन् । चुनावी परिणामबाट बिचल्लित नभई देश विकासको कार्यमा सधा लागि रहने उनले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार १०:१३