सूचनाको शक्ति - The Power Of Information

        

नारायणकाजीलाई पछि पार्दै गोरखा २ मा बाबुराम भट्टराई जीत नजिक

गोरखा । गोरखाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई जीत नजिक पुगेका छन् । अहिलेसम्म गोरखा २ मा ५२ हजार ५६५ मत गणना भइसकेको छ भने अब करिब ७ हजार ५०० मत गन्न बाँकी छ । र, डा भट्टराईले ४ हजार ९०० मतको अग्रता लिइरहेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार भट्टराईले २७ हजार २२३ मत ल्याएका छन् । भट्टराईका प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले २२ हजार ३२३ मत ल्याएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार १०:०७