सूचनाको शक्ति - The Power Of Information

        

समानुपातिकको मतगणना सुरु : कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगण्ना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ ।
चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ । हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत पाउँदा एमालेले ४६१३ मत पाएको छ । माओवादीले १४३४ मत पाएको छ । त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपा/फोरमले २/२ मत पाएका छन् । कांग्रेसले ५ हजार बढी मत ल्याउँदा विवेकशील साझाले १ मत पाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ०६:३४