सूचनाको शक्ति - The Power Of Information

        

डडेलधुरामा देउवाको फराकिलो अग्रता, आरजु पनि अगाडि

कैलाली । मत गणनामा पार्टीका बरिष्ठ नेताहरु पछि परिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने गृहजिल्ला डडेलधुरामा फराकिलो मतान्तरका साथ अग्रस्थानमा छन् । सुरुवाती सुरुवाती मतगणनामा पछि परेपनि देउवापत्नी आरजुले पनि कैलाली–५ मा अग्रता सुरु गरेकी छन् । डडेलधुराको पछिल्लो मतगणना परिणाम अनुसार प्रधानमन्त्री देउवा ८ हजार ९२२ मतान्तरका साथ अगाडि छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खगराज भट्टले ५ हजार ८२७ पाएका छन् । यसअघि दोब्बर मतान्तरले पछि परेका भट्टले पछिल्लो समय मतान्तर घटाएका छन् । कैलाली–५ मा कठिन संघर्ष गरिरहेकी प्रधानमन्त्री पत्नी आरजुले भने शुक्रबार मध्यरातपछि अग्रता सुरु गरेकी छन्। एमाले उम्मेदवार नारदमुनि रानाभन्दा १ हजार मतले अगाडि छिन् । आरजुले ८ हजार ९९० मतका साथ अग्रता हासिल गर्दा एमालेका रानाले ७ हजार ९७० मतका साथ पछ्याइरहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ०६:१८