सूचनाको शक्ति - The Power Of Information

        

एमाले धेरै अगाडि, माओवादी पछ्याउँदै कांग्रेस

काठमाडौं । शनिबार बिहान ९ बजेसम्म घोषित निर्वाचन परिणाम अनुसार भारी सिटका साथ एमाले पहिलो स्थानमा छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको २९ स्थानको परिणाम अनुसार एमालेका २० उम्मेदवारहरुले विजय हासिल गरेका छन् भने दोस्रो स्थानमा रहेको माओवादी केन्द्र ५ स्थानमा विजयी भएको छ । कांग्रेस ३ स्थानमा विजयी भएको छ । शुक्रबार मध्यराती काठमाडौं १ मा खाता खोलेर कांग्रेसका प्रकाशमान सिंहले पछि परिरहेको पार्टीमा उत्साह जगाएका थिए। जसलाई निरन्तरा दिँदै युवा नेता गगन थापाले काठमाडौं ४ मा जित हासिल गरे ।
तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ स्थानमा मात्र विजय हासिल गरेको छ । माओवादीबाट विद्रोही उम्मेदवारी दिएका एकजना उम्मेवारले पनि जिय हासिल गरेका छन् । शुक्रबार दिनभरि विजयको खाता खोल्न नसकेको नेपाली कांग्रेसले साँझदेखि खाता खोल्दै मध्यरातसम्म तीन स्थानमा विजय हासिल गरेको छ । कांग्रेस उम्मेदवारमध्ये काठमाडौं–१ मा प्रकाशमान सिंह, काठमाडौं–४ मा गगन थापा र रसुवामा मोहन आचार्यले विजय हासिल गरेर कांग्रेसको शाख जोगाएका छन् ।
माओवादी केन्द्रका अग्नि सापकोटा सिन्धुपाल्चोक–२, पम्फा भूषाल ललितपुर–३, देबेन्द्र पौडेल बाग्लुङ–२, कमला रोका पूर्वी रुकुम र जनार्दन शर्मा र कञ्चनपुर–३ ले पश्चिम रुकुममा विजय हासिल गर्दै माओवादी केन्द्रलाई प्रतिनिधि सभामा दोस्रो ठूलो पार्टीको दर्जा दिएका छन् ।
एमालेका विजेता मध्ये काठमाडौं ८ र ९ मा क्रमश जीवनराम श्रेष्ठर कृष्णगोपाल श्रेष्ठ, मनाङमा पाल्देन छोपाङ गुरुङ, धादिङ–१ मा भूमिप्रकाश त्रिपाठी, धादिङ–२ मा खेम लोहनी, मोरङ–१ मा घनश्याम खतिवडा, मोरङ–६ मा लालबाबु पण्डित, मोरङ–३ मा भानुभक्त ढकाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुङ्गामा यज्ञराज सुनुवार, काठमाडौं–३ मा कृष्ण राई र बाग्लुङ–१ मा सूर्य पाठकले विजय हासिल गरेका छन् ।
यसैगरी ललितपुर–२ मा कृष्णलाल अर्याल, ताप्लेजुङमा योगेश भट्टराई, दार्चुलामा गणेश ठगुन्ना, डोल्पामा धनबहादुर बुढा, बाजुरामा लालबहादुर थापा, मुगुमा गोपाल बम, म्याग्दीमा भूपेन्द्रबहादुर थापा, बझाङमा भैरवबहादुर थापा, मुस्ताङमा प्रेमप्रकाश तुलाचन छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ०४:५६