सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट ‘क’मा माओवादीका गणेशप्रसाद सिंह विजयी

जाजरकोट । जाजरकोट प्रदेश (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह विजयी भएका छन् । सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका बेदराज सिंहले १२ हजार ८७८ मत ल्याएका छन् ।
जाजरकोटको प्रदेश (ख) मा यसअघि नै वाम गठबन्धनबाट एमालेका करबीर शाही विजयी भएका छन् । १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ०३:५८