सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता, क्षेत्र नं. २ मा फोरम अगाडी

बाँके । बाँकेका तीन वटा निर्वाचन क्षेत्रमध्ये दुई स्थानमा वाम गठबन्धनले अग्रता दिइरहेको छ । निर्वाचन क्षेत्र नं. १ र ३ मा वाम गठबन्धनका उम्मेद्वारहरुले अग्रता दिइरहेका छन् भने नेपाली काँग्रेसले पछ्याइरहेको छ । क्षेत्र नं. २ मा संघीस समाजवादी फोरमले अग्रता लिइरहेको छ । क्षेत्र नं. २ लोकतान्त्रिक गठबन्धनका राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजादले पछ्याइरहेका छन् भने वाम गठबन्धनका उम्मेद्वार पशुपतिदयाल मिश्र तेस्रो स्थानमा रहेका छन् ।

बाँकेका क्षेत्र नं. १ प्रतिनिधि सभातर्फ हालसम्म १५ हजार २९५ मतगणना भएको छ । जसमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार महेश्वर गहतराज अथकले ६ हजार १७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधवराम खत्री ४ हजार ७५४ मत प्राप्त गरेका छन् । त्यसैगरी बाँके क्षेत्र नं. १ प्रदेश सभा ‘क’ तर्फ १७६४६ मतगणना भएको छ । जसमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्णा केसी नमुनाले ७ हजार १९७ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शरदचन्द्र बर्माले ५ हजार २१० प्राप्त गरेका छन् ।

बाँके क्षेत्र नं. २ प्रतिनिधि सभातर्फ २८ हजार २९४ मतगणना हुँदा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । फोमरका मो.ईस्तियाक राईले ११ हजार २७८ मत प्राप्त गरेका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनका ओमप्रकाश आजादले पछ्याइरहेका छन् । आजादले ६ हजार ५७४ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका  पशुपतिदयाल मिश्र ६ हजार १५३ मतसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘क’ तर्फ  संघीय समाजवादी फोरमका विजय यादव ४ हजार १९ मतसहित अग्रस्थानमा देखिएका छन् । नेपाली काँग्रेसका निरन्जन सिंह सिजापतिले १ हजार ७४२ मत ल्याएका छन् ।

बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ तर्फ नेपाली काँग्रेसका सुरेन्द्र हमालले ६ हजार ६५४ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । उनलाई संघीय समाजवादी फोरमका दुर्गेश कुमार गुप्ताले ५ हजार ५८० मतसहित पछ्याइरहेका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका विजयकुमार गुप्ताले ३ हजार ८९९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

बाँके क्षेत्र नं. ३ प्रतिनिधि सभातर्फ २३ हजार ७५५ मतगणना हुँदा वाम गठबन्धनका तर्फबाट एमालेका नन्दलाल रोकायले १२ हजार ९४ मत प्राप्त गरेका छन् । उनलाई नेपाली काँग्रेसका बादशाह कुर्मी ९ हजार ३९० ल्याएर पछ्याइरहेका छन् । बाँके क्षेत्र नं. ३ प्रदेश सभा ‘क’ तर्फ ३१ हजार ३८५ मतगणना भएको छ । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेलले १४ हजार ५८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस चन्तराम थारुले १३ हजार २४७ मत ल्याएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ०३:५१