सूचनाको शक्ति - The Power Of Information

        

सुनसान सडक, मतदान केन्द्रमा घुइँचो


बाँके । आज निर्वाचनका दिन बाँकेका सडक सुनसान देखिएको छ । पसल, व्यवसाय बन्द छन् । सवारी साधन चलेका छैनन् । तर, मतदान केन्द्रमा भने घुइँचो बढ्दै गएको छ । बाँकेमा विहान चिसोका कम भीड रहेको मतदान केन्द्रहरुमा अहिले घाम लागेपछि भने घुइँचो बढेको छ । बाँकेका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाँकेमा २ लाख ७६ हजार ७१८ मतदाता छन् । नेपालगन्ज न्यूज

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहीबार ०५:१२