सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान


सुर्खेत । सुर्खेतका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको भएको हो । सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको सूर्यज्योति मावि केन्द्रबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य पू्र्णबहादुर खड्का, बीरेन्द्रनगर नगरपालिका १ को सरस्वती आधारभूत विद्यालय ढोँडेखाली केन्द्रबाट कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी, विरेन्द्रनगर ४ को भैरव मावि केन्द्रवाट एमालेका पोलिटव्यूरो सदस्य यामलाल कँडेलले मतदान गरेका छन् । सबै मतदान केन्द्रमा विहानैदेखि नै मतदाताको भीड लागेको छ । नयाँ संविधान जारी भएपछि पहिलो पटक भएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा उत्साहका साथ मतदान गरिरहेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहीबार ०४:२५