सूचनाको शक्ति - The Power Of Information

        

सल्यानका ५४ मतदान केन्द्र अति संवेदनशील, दोब्बर सुरक्षाकर्मी परिचालन


सल्यान । सल्यानमा भोलि हुने प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनको तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका १८० मतदान केन्द्रमा मदतान अधिकृत, सहायक मतदान अधिकृत लगाएतको कर्मचारी टोली खटिसकेको छ ।
निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री पनि सम्बन्धीत क्षेत्रमा पुगिसकेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । सल्यानमा निर्वाचनका लागि १४३८ कर्मचारी खटाइएको छ । सल्यानमा तीन पदका लागि २२ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । प्रतिनिधीसभाका लागि एक र प्रदेशसभामा दुई क्षेत्र रहेको सल्यानमा प्रतिनिधीसभाका लागि ८ जना चुनावी मैदानमा छन् ।

दोब्बर सुरक्षाकर्मी परिचालन
यसैविच जिल्ला प्रशशन कार्यालयले निर्वाचनलाइ लक्षित गरि सुरक्षा प्रवन्ध मजबुत पारेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त र भरपर्दाे पारिएको बताए । नेपाल प्रहरी, म्यादी प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले निर्वाचन सुरक्षा दिने उनले बताए । यसैवीच जिल्ला प्रशासनले सल्यानका ५४ मतदान केन्द्रलाइ अति संवेदनशिलको सुचिमा राखेको छ । यस्तै ३७ केन्द्रलाइ संवेदनशिल र २० मतदान केन्द्रलाइ सामान्यमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७४, बुधबार ०७:०४