काठमाडौं । भोलि ४५ जिल्लामा सवारीसाधन नचल्ने भएका छन् । दोस्रो चरण अन्तर्गत हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका दिन ४५ जिल्लामा सवारीसाधन चलाउन रोक लगाइएको हो । गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनका लागि उपत्यकाबाहिर जाने मतदातालाई आज राति १२ बजेसम्म गन्तव्यमा पुग्न पनि आग्रह गरेको छ ।
मतदान हुने दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारीसाधन भने चल्न पाउनेछन् । अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्बुलेन्स, दमकल, खानेपानी, शववाहन, दुरसञ्चार तथा दूध ढुवानी गर्ने सवारीसाधनमा भने रोक लगाइएको छैन । मतदान सकिएपछि साँझ ७ बजेबाट भने सवारीसाधन साबिक रुपमै चल्न पाउने मन्त्रालयले जनाएको छ ।
।