सूचनाको शक्ति - The Power Of Information

        

नलसिंह गाड जलविद्युतको भ्रष्टाचार मुद्दाका सबै प्रतिवादीले पाए सफाइ

 


काठमाडौं । विशेष अदालतले परामर्शदाता छनोटमा भ्रष्टाचारको आरोप लागेका नलसिंहगाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित सबै आरोपित निर्दोष रहेको फैसला सुनाएको छ । मुद्दा दर्ता भएको एक वर्षपछि उनीहरु निर्दोष रहेको फैसला विशेष अदालतले सुनाएको हो । न्यायाधीशहरु बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायाणप्रसाद पोखरेलको इजलाशले भ्रष्टाचारजन्य कार्य नभएको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो ।
विशेषले परामर्शदाता छानोटमा आर्थिक चलेखल गरेको भनी अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अरोपपत्र पुष्टि हुने प्रमाण फेला नपरेको भन्दै कार्यकारी निर्देशक कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईं, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत् विकास विभागका तत्कालीन कानुन अधिकृत राजेशकुमार थापा र एसएमइसी (एमडब्लुएच) उदयका प्रतिनिधि उदीपलाल श्रेष्ठलाई सफाइ दिने फैसला सुनाएको हो । अख्तियारले २०७३ चैत २० मा कार्यकारी निर्देशक कुँवरसहित ६ जना विरुद्ध १३ करोड ६२ लाख २७ हजार रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको थियो ।
४ सय मेगावाट क्षमताको आयोजनाका लागि परामर्शदाता छनोट प्रक्रियामा अनियमितता भएको दाबी अख्तियारको थियो । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट गर्ने क्रममा प्राविधिक प्रस्ताव मूल्यांकन गर्दा बढी रकम कबोल गर्ने प्रस्तावदाताको आर्थिक प्रस्ताव स्वीकृत गरेको दाबी अख्तियारको भए पनि उक्त विषय अदालतमा पुष्टि हुन नसेपछि सफाइ दिइएको विशेषका रजिस्ट्रार भीमकुमार श्रेष्ठले बताए । एसएमइसी (एमएचडब्लू) उदयलाई दिनुपर्नेभन्दा बढी अंक १ दशमलब २५ र एएफसी (एचसिई) एनइएसएसलाई दिनुपर्नेभन्दा १ दशमलब ५६७ घटी अंक प्रदान गरेको दाबी अख्तियारको थियो। तर, उक्त आरोप अदालतका पुष्टि हुन नसकेको विशेषको फैसलामा उल्लेख छ । सबैभन्दा कम रकमको प्रस्ताव पेश गर्ने एएफसी (एचसिइ) एनइएसएसको प्राविधिक र आर्थिक प्रस्तावको संयुक्त मूल्यांनमा सबैभन्दा बढी अंक ९८२ दशमलव ८३३० प्रदान गरी मूल्यांन गर्नुपर्नेमा जानीजानी कम अंक प्राप्त गर्नेलाई छनौट गरेको आरोप अख्तियारले लगाएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७४, बुधबार ०६:२६