सूचनाको शक्ति - The Power Of Information

        

व्यक्तिगतरुपमा सञ्चय कोषमा रकम जम्मा गर्न पाइने !


काठमाडौं । अब जागीर नखानेहरुले पनि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्न पाउने भएका छन् । कर्मचारी सञ्चय कोषको संचालक समितिको बैठकले व्यक्तिगत रुपमा समेत कोष जम्मा गर्ने विषयमा आवश्यक निर्णय गरेको छ । जसअनुसार, अब स्वरोजगार र अनौपचारिक क्षेत्रमा काम गरिरहेका नागरिक तथा नीजि क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत कोषमा सहभागी हुन पाउनेछन् ।
यसबाहेक, वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कोषको सदस्य बनाउने र रकम जम्मा गर्न प्रेरित गर्ने कोषको योजना छ । कोषमा हाल ६ लाखले कोष कट्टी गर्दै आएका छन् । कोषमा हाल दुई सय ५० अर्ब रुपैयाँ रहेको छ । कोषले जलविद्युत, वायु सेवालगायतका क्षेत्रमा लगानी गरेको छ । कुल कोषलाई सात सय अर्ब पुर्याउने लक्ष्य लिइएको छ ।
औपचारिक र अनौपचारिक रुपमा गरी हाल करिब ५० लाख नेपाली युवा वैदेशिक रोजगारीमा रहेको तथ्यांक छ । उनीहरुले बढाएको रेमिट्यान्सलाई सोझै कोषमा जम्मा गर्ने वा घर परिवारका सदस्यले जम्मा गर्न सक्ने गरी सहज कार्य्विधि बनाइने बताइएको छ । बुढेसकालमा पेन्सनको रुपमा समेत उक्त कोषमा जम्मा गरिएको रकम खर्च गर्न सक्ने गरी योजना बनाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलवार १०:०६