बाँके । प्रदेश नम्बर पाँचमा १२ जिल्ला छन् । रुकुमको पुर्वी भाग र रोल्पाका मतदाताले मंसीर १० गते प्रतिनिधि र प्रदेशसभा सदस्य चयनको निर्वाचनमा मतदान भइसकेको छ । बर्दिया, बाँके दाङ, प्युठान, अर्घखाँची, कपिलवस्तु, गुल्मी, पाल्पा, रुपन्देही र नवलपरासीको पश्चिम भागमा भने २१ गते निर्वाचन हँदैछ । २६ जना प्रतिनिधिसशा सदस्यका लागी ३२२ जना र ५२ जना प्रदेसशभा सदस्यका लागी ६०२ जना चुनावी मैदानमा छन् । प्रतिनिधि र प्रदेशसभा गरी ९२४ जना मध्ये २३७ स्वतन्त्र उम्मेदवारले प्रदेश नम्वर पाँचमा प्रतिस्पर्धा गर्दैछन् । तर यसपालीको चुनावमा पनि पुरानै पार्टीको पल्लाभारी हुने विश्लेषण डा.जनार्दन आचार्यको विश्लेषण छ ।
पश्चिम नवलपरासी सहित प्रदेस नम्वर ५ का ६ जिल्लाको सिमाना भारतसँग जोडिएको छ । बाँकी जिल्ला पहाडी भूभागमा पर्छन् । यो प्रदेश गौतम वुद्धको जन्मस्थल, घना जंगल, प्राकृतिक प्रेमी पयर्टनको आकर्षण, उर्वरभूमी, विभिन्न जातजाती, भाषाभाषी जस्ता कारण विविधतायुक्त छ । प्रदेश नम्वर पाँचका जानकार नरेन्द्रजंग पिटर यसपटक वाम गठबन्धन हावी हुने र काँग्रेस प्रजातान्त्रिकको गठबन्धनले पनि टक्कर दिने देखिन्छ । पाँच नम्बर प्रदेशको बलियो पक्षलाई चुनावी मुद्धा बनाएर उम्मेदवारहरु भोट बटुल्ने अभियानमा छन् । यो प्रदेशमा स्थानीय तहको निर्वाचनमा ४३ तह जित्दै एमाले पहिलो दल बनेको थियो भने ३३ स्थानीय तह जित्दै कांग्रेस दोस्रो बन्यो ।
माओवादी केन्द्रले भने १९ वटा स्थानीय तहमा जितेको थियो । स्थानीय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतको आधारमा २५ वटा निर्वाचन क्षेत्र मध्ये २० वटामा वाम गठबन्धन र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन ५ वटा क्षेत्रमा अगाडी छ । यो आँकडाले वाम गठबन्धलाई केहि फाईदा विश्लेषक डा.आचायको भनाई छ । ‘स्थानियतहको चुनावको मत जोड्दा वाम गठबन्धन धेरै अगाडी छ’ उनले भने,‘धेरै फेरबदल भएन भने वामगठबन्धनले ८० प्रतिशतभन्दा बढी जित्न सक्ने देखिन्छ ।’ प्रदेश नम्वर पाँचका २७ लाख ४० हजार ८ सय ६४ मतदाता आफ्नो, प्रतिनिधि चयनको प्रक्रियामा सहभागि हुनेछन् । प्रदेश ५ मा १ हजार ५०१ मतदान स्थल र ३ हजार ३६८ मतदान केन्द्र छन् । शान्तिका प्रतिक वुद्धको जन्मभूमी र माओवादी जनयुद्धको उद्गमथलो रुपमा परिचित यो प्रदेशको निर्वाचनलाई विशेष चासोको रुपमा हेरिएको छ ।
प्रदेश–५ को परासी क्षेत्र नं. १, रूपन्देही क्षेत्र नं. ३, गुल्मी क्षेत्र नं. १ र कपिलवस्तु क्षेत्र नं. १ लाई बढी चासोका साथ हेरिएको छ । प्रदेश–५ को परासी क्षेत्र नं. १, रूपन्देही क्षेत्र नं. ३, गुल्मी क्षेत्र नं. १ र कपिलवस्तु क्षेत्र नं. १ लाई बढी चासोका साथ हेरिएको छ । सबैतिर यी क्षेत्रहरूका निर्वाचन आकलनले प्राथमिकता पाएको पाइन्छ । परासी क्षेत्र नं. १ मा राजपा छाडेर सूर्य चुनाव चिह्न लिएर हृदयेश त्रिपाठी र दोस्रो संविधानसभा निर्वाचनमा उनलाई हराएका कांग्रेसका देवकरण कलवारबीच मुख्य प्रतिस्पर्धा छ । त्रिपाठी यस क्षेत्रमा २०७० मा बाहेक २०४८ सालयताका सबै निर्वाचनमा विजयी भएका थिए । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमाले र माओवादीले कांग्रेसले भन्दा चारहजार बढी मत पाएका थिए, जसले त्रिपाठीलाई बलियो देखाउँछ ।
रूपन्देही क्षेत्र नं. ३ मा एमालेका उप–महासचिव घनश्याम भुसाल र राप्रपा (प्रजातान्त्रिक) का दीपक बोहोरा प्रतिस्पर्धामा छन् । भुसाल वाम गठबन्धनका उम्मेदवार हुन् भने बोहोरालाई कांग्रेसको समर्थन छ । यहाँ राप्रपाको संगठनात्मक आधार र प्रभाव छैन । बोहोराको मुख्य भर कांग्रेस हो, तर कांग्रेसको सबै मत उनले पाउने सम्भावना कम छ । कपिलवस्तु क्षेत्र नं. १ मा गत स्थानीय निर्वाचनमा खसेको मतका आधारमा कांग्रेसका दीपकुमार उपाध्यायभन्दा माओवादी केन्द्रका चन्द्रप्रकाश खनाल (बलदेव) को अवस्था मजबूत देखिन्छ । दक्षिण क्षेत्रमा भने व्यक्तिगत सम्बन्ध र मधेशकेन्द्रित दलहरूको भोट समेत उपाध्यायले पाउने सम्भावना छ । गुल्मी क्षेत्र नं. १ मा एमालेका सचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ । २०५६ र २०६४ सालमा विजयी ज्ञवाली २०७० सालको संविधानसभा निर्वाचनमा भण्डारीसँग पराजित भएका थिए । निर्वाचनमा जितेपछि नआएको आरोप आफ्नै कार्यकर्ताबाट खेपेका ज्ञवाली २०७० को हारपछि जिल्ला केन्द्रित भएर काम गरेकाले जितको नजिक रहेको बताउँछन् ।
।