सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति भण्डारीले निर्वाचनमा मतदान नगर्ने


काठमाडौं । मंसिर २१ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले मतदान नगर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीको काठमाडौं क्षेत्र नम्बर ४ को चपली मतदान केन्द्रमा मतदाता सूचीमा नाम छ ।
राष्ट्रपति राजनीतिक दलभन्दा माथि भएकाले मतदान नगर्ने राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले बताए । ‘राष्ट्रपति साझा र स्वतन्त्र व्यक्ति भएकाले कुनै पनि दललाई भोट हाल्नुहुन्न,’ स्वकीय सचिव भट्टराईले भने । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मतदान गरेनन् । उनको रोल्पामा मतदाता सूचीमा नाम छ । रोल्पामा गत मंसिर १० मा निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलवार ०८:१५