सूचनाको शक्ति - The Power Of Information

        

नेपाल–भारत सीमानाका रुपैडिया नाका गएरातिदेखि बन्द

बाँके । निर्वाचनका बेला सीमावर्ती क्षेत्रको शान्ति–सुरक्षालाई प्रभावकारी बनाउन सोमबार मध्यराति १२ बजेदेखि नेपालगन्जको जमुनाह नाका बन्द गरिएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीचको सहमति अनुसार सोमबार राति १२ बजेदेखि मंसिर २१ को चुनाव सम्पन्न नहुँदासम्म सीमा नाका बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।
निर्वाचनमा सीमावर्ती क्षेत्रको सुरक्षालाई प्रभावकारी बनाउन नेपाल र भारत दुवैतर्फबाट पैदलयात्रु र सबै सवारीसाधनको आउजाउमा रोक लगाइएको छ । नाका बन्द हुने सूचना स्थानीय प्रशासनले एक साताअघि नै जारी गरेको थियो । निर्वाचनका बेला खुला सिमानाका कारण हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षाकर्मीहरुले सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलवार ०६:२३