बाँके । मध्यपश्चिमाञ्चल विकास क्षेत्रको शैक्षिक तथा व्यवसायिक केन्द्र मानिने बाँके जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि आयोडिनयुक्त खानेनुन पुग्न नसक्दा ढिकेनुनको प्रयोग गर्नुपर्ने बाध्यता कायमै रहेको छ । जिल्लाका ८ वटा तहमा ६ गाँउपालिका १ वटा नगरपालिका र १ वटा उपमहानगरपालिका मध्ये राप्तीपारिको राप्तीसोनारी गाँउपालिकाको केही वडा र नरैनापुर गाँउपालिकाको पायक पर्ने स्थानमा साल्ट टे«डिङ कार्पोरेसन लिमिटेडको बिक्री डिपो नभएका कारण अझै पनि आयोडिनयुक्त नुनको अभावमा ढिकेनुनको प्रयोग गर्नुपर्ने बाध्यता कायमै रहेको हो ।
सरकारले विभिन्न सञ्चारमाध्यममा आयोडिनयुक्त नुनको प्रयोग गराँैं भन्ने सन्देश प्रवाह गरिरहेको भए पनि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश स्थानीय बासिन्दालाई त्यसको बारेमा कुनै जानकारी नभएको फत्तेपुरका व्यापारी देबीराम पुनले बताए । जिल्लाको कटकुईया, लक्ष्मनपुर, कालाफाटाँ, नरैनापुर, मठेहिया, गगापुर, फत्रेपुर, होलिया, बेताहनी लगायतका वडाका जनताले अहिले पनि ढिके नुनकै प्रयोग गरिरहेको स्थानीयबासिन्दा बताउँछन् । ‘सरकारले सबै नेपालीलाई आयोडिनयुक्त नुन पु¥याउने लक्ष्य लिएको छ र समयसमयमा त्यो कुरा दोहो¥याइरहन्छ तर पनि हामीले भने अहिलेसम्म आयोडिनयुक्त नुन कस्तो हुन्छ थाहा नै छैन,’ मटेहियाका स्थानीयवासी मकबुल मुकेरीले बताए ।
दुई बालबालिकाको चिन्ह अङ्कित आयोडिनयुक्त नुन सरकारको अनुदानमा वितरण हुँदै आए पनि यहाँका मानिसले गाईबस्तुलाई खुवाउने ढिके नुन प्रयोग गरिरहेको पाइन्छ । आयोडिनयुक्त प्याकेट नुन नपाउँदा गाईबस्तुलाई खुवाउने नुन प्रयोग गर्नुपर्ने बाध्यता रहेका नरैनापुर गाविसका परशु पासीले बताए । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड बाँकेले भने जिल्लाका बिकट गाविसमा बाटो र यातायातका कारण नुन पुरयाउन समस्या हुनेगरेको जनाएको छ ।
।