सूचनाको शक्ति - The Power Of Information

        

‘हुक्का, टुक्का र लुक्कासँग मेरो प्रतिस्पर्धा छैन’ : कँडेल

बाँके । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका प्रतिनिधि सभा–२ बाँकेका उम्मेदवार तेजनारायण कँडेलले हुक्का टुक्का र लुक्कासँग आफ्नो प्रतिस्पर्धा नरहेको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिकास्थित मनिकापुरको फाराम बस्ती लगायत क्षेत्रमा घरदैलो गर्ने क्रममा पार्टीका केन्द्रिय सहप्रवक्ता समेत रहेका कँडेलले यस्तो बताएका हुन् ।
‘यो चुनावमा हुक्का, टुक्का र लुक्का उम्मेदवार मैदानमा छन्, तर मेरो प्रतिस्पर्धा उनीहरु कसैसँग छैन, निर्वाचित हुने निश्चित भईसकेको छ,’ उनले भने । त्यसक्षेत्रका मतदाताको स्वागत तथा सत्कार पाएर हौसिएका उम्मेदवार कँडेलले आफुलाई यसपटक निर्वाचित गराउन सबैलाई आग्रह गरेका थिए । चुनाव नजिक आईरहँदा प्रतिनिधि सभा उम्मेदवार कँडेलले घरदैलो अभियानलाई निकै सक्रिय बनाउँदै लगेका छन् । उनी मैदानमा रहेका अन्य उम्मेदवार भन्दा फरक पहिचान बोकेर मतदाताको घरदैलोमा पुग्ने गरेका छन् ।
हिन्दु धर्मको वकालत गर्ने आफु एकमात्र उम्मेदवार रहेको बताउँदै उनले हिन्दु धर्मको रक्षा र अन्य धर्मको सम्मानका लागी आफुलाई भोट दिएर जिताउनुपर्ने बताए । घरदैलोका क्रममा आइतबार दिनभर प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ता पनि सहभागि भएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार ०१:३३