सूचनाको शक्ति - The Power Of Information

        

‘लोकतान्त्रिक गठबन्धनका एजेण्डा मतदाताले रुचाए’

बाँके । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी, प्रदेशसभा ख का उम्मेदवार लक्ष्मीनारयाण शाहले आज खजुरा गाउँपालिकाको मनकामनामा घरदैलो गरेका छन् । राप्रपाका स्थानीयत नेताहरु भिमबहादुर बडवाल, सजन थापा, समानुपातिक उम्मेदवार आशा विक लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु सहभागी उक्त घरदैलो अभियानका क्रममा स्थानीयबासीले लोकतान्त्रिक गठबन्धनलाई साथ दिने बताएका छन् ।
मुख्यगरी दुई एजेण्डालाई अघि सारेर घरदैलो अभियानमा व्यस्त रहेका बताउँदै राप्रपाका केन्द्रीय सदस्य तेजविक्रम शाहले क्षेत्र नम्वर ३ मा लोकतान्त्रिक गठबन्धनप्रती स्थानीयबासीले भरमजदुर सहयोगको बचन दिएको वताए । एउटा त प्रजातन्त्र बचाउने एजेण्डा हो, अर्को सम्बृद्धि र विकास हो, शाहले भने, ‘लोकतान्त्रिक गठबन्धनको एजेण्डालाई मतदाताले रुचाएका छन् ।’
अहिलेको आवश्यकता पनि प्रजातन्त्र र लोकतन्त्रको सवलिकरण गर्दै मुलुकलाई सम्बृद्धि र विकासको बाटोमा डोर्याउनु नै रहेको भन्दै शाहले कम्युनिष्टहरुले भन्दै आए जस्तो साम्यवाद कुनै पनि हालतमा स्वीकारयोग्य नभएको वताए । घरदैलोको क्रममा अधिकांश मतदाताहरुले यसअघि जितेर गएका नेताहरु गाउँमा फर्किएर पनि नआएको र विकास पनि नगरेको गुनासो सुनाएका थिए । उनीहरुले ग्रावेल सडकलाई पिच गरिदिनु, नाला कल्वर्ड, पुलपुलेसा, सिंचाइँलगायतका समस्या समाधानको माग गरेका प्रदेशसभा ख का निर्वाचन परिचालन समितिका संयोजक रमेश सिजालीले जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार ०५:३७