सूचनाको शक्ति - The Power Of Information

        

लोकतान्त्रिक गठबन्धनप्रति जनलहर बढ्दै


बाँके । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त भए । प्रचारप्रसारका लागि ३ दिनको समयसीमा बाँकी छँदा लोकतान्त्रिक गठबन्धनप्रति जनलहर बढ्दै गएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरमा घरदैलो गरेको प्रचारप्रसार संयोजक प्रकाश शाहीले बताए । त्यसक्रममा मतदाताहरुले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई न्यायो सत्कार गर्दै मुलुकको सम्बृद्धि र विकासका लागि काँग्रेस नेतृत्वको विकल्प नभएको वताए ।
‘यसअघि जितेर पठाएका नेताहरुले स्थानीयतहमा केही पनि विकास निर्माण गर्न सकेनन् अधिकांश मतदाताहरुको सामुहिक भनाइ थियो तपाईहरु (लोकतान्त्रिक गठबन्धन)लाई जिताएर पठाउन चाहान्छौं हाम्रो गाउँघरको विकास होस् ।’ स्थानीयबासीले सडक, पुलपुलेसा, सिंचाइँ सुविधाको माग गरेका थिए । कुर्मी, थारु तथा काँग्रेसी र राप्रपाका कार्यकर्ताहरुले दिउँसो बैजनाथ ३ नौवस्तामा वडा भेला समेत गरेको शाहीले जानकारी दिए ।
प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहको आज राधापुरको जलपोखरी, जानकी गाउँपालिकाको मानपुर र खजुराको डि गाउँमा घरदैलो तथा भेटघाट कार्यक्रम गर्नुभएको प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताए । त्यसक्रममा शाहले आफु शासक बन्न उम्मेदवार नबनेको भन्दै स्थानीयबासीको सुखदुखको सारथी बनेर काम गर्न चाहेको वताए ।
मुलुकको लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि काँग्रेस नेतृत्व जरुरी रहेको उनले भनाइ थियो । यो निर्वाचन स्थानीय तहको जस्तो नभएको भन्दै उनले कम्युनिष्ट अधिनायकवाद रोज्ने कि प्रजातन्त्र रोज्ने भन्नेबीचको लडाइ भएकाले त्यसै अनुसार मतदान गर्न पनि शाहले घरदैलोका क्रममा मतदाताहरुलाई अपिल गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार ०१:०४