कल्पना बोहरा/अछाम । नेपाल सरकारले सरकारी विद्यालयका शिक्षकहरुलाई पोसाक खरिदका लागी बार्षिक ७ हजार ५ सय रुपयाँ उपलब्ध गराए पनि अछाम जिल्लाका कुनै पनी शिक्षकले पोसाक लगाएका छैनन् । अभिभावकले पोसाकको बारेमा कुरा उठाउँदा यती थोरै रकमले पोसाक खरिद गर्न नसकिने शिक्षकहरुले गुनासो गर्ने गरेका छन । तर अछाम जिल्लाको एउटा विद्यालयका शिक्षक शिक्षिकाहरुले भने आफ्नो पैसाले पोसाक खरिद गरेका छन ।
सेतो सर्ट, टाई, बाहिर रातो स्वीटर अनि आकासे रंगको पाइन्ट लगायर चिटिक्क भएका झट्ट हेर्दा सहरको कुनै शुसम्पन्न बोर्डिगं स्कुलका शिक्षक जस्ता देखिने युवाहरुको एउटा जमात जो सरकारी विद्यालयका शिक्षकहरु हुन भन्दा पत्याउनै सकिँदैन । जिल्लाको मेल्लेख गाँउपालिका वडा नं ७ मा रहेको दुर्गादेवि माविका १४ जना शिक्षकहरु र सहयोगी सबैले आफ्नै पैसाले पोसाक खरिद गरेका हुन् । ३ जना स्थायी, १ जना अस्थायी, ४ जना राहत र ६ जना शिक्षक नीजि स्रोतबाट उक्त बिद्यालयमा काम गरिरहेका छन् ।
विद्यालयमा कार्यरत ४ जना शिक्षकलाई सरकारले पोसाक भक्ता उपलब्ध गराए पनि अन्य १० जना शिक्षकहरुले भने आफ्नै खर्चले पोसाक खरिद गरी लगाएका उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण बिकले बताए । उक्त विद्यालयका शिक्षक मात्र होइन द्यिार्थीहरु पनी सधै बिद्यालय पोसाकमै विद्यालयमा आउने गरेका छन । ५ ओटा सान साना एकतले टिनले छाएका भवन भएको सो विद्यालयमा खेल मैदानको अभाव भएको प्रधानाध्यापक बिकले गुनासो गरे । कक्षा कोठादेखि विद्यालय वाहिर पनी सफा सुघ्घर, वातावरण भएको उक्त विद्यालयमा अध्यनरत छात्राहरु अहिले महिनावारी भएको अवस्थामा पनि नियमित विद्यालय आउने गरेका छन् ।
पिसविन नामक स्थानीय गैरसरकारी संस्थाले सो विद्यालयमा सम्भव परियोजना मार्फत शिक्षिकाहरुलाई सरसफाई सम्वन्धी र समुहगत गृहकार्य सम्वन्धी तालिम प्रदान गरे पछी विद्यालयको बिदा भैसकेपछि पनि बिद्यार्थीहरु समुहमा वसेर गृहकार्य गर्ने, एकले नजानेको कुरा अर्काबाट सिक्ने गरेका कक्षा ९ का छात्र गोरकबहादुर साँउदले वताए । यो क्रियाकलापले आफुहरुको पढाईमा थप उर्जा मिलेको बिद्यालय स्तरीय वालक्लबका उपाध्यक्ष समेत रहेका साँउदले वताए । यस्तै पहिले महिनावारी हुँदा विद्यालय आउन असहज र अफ्ठेरो लाग्ने भए पनि अहिले शिक्षकाहरुले स्थानीय स्रोतसाधनको प्रयोग गरी सेनेटरी प्याड बनाई प्रयोग गर्न सिकाएपछि अहिले आफु लगायत अन्य छात्राहरु पनि महिनावारी हुँदा नियमित स्कुल आउने गरेको सोही बिद्यालयमा कक्षा ९ मा अध्यनरत छात्रा स्भगवती साँउदको भनाई छ ।
कक्षा १ देखी कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको छ । ५ सय ५८ जना बिद्यार्थी अध्यनरत उक्त विद्यालयमा २०७१ सालमा ४३ प्रतिशत पढाई उपलब्धी रहेकोमा हाल आएर ५०.२ प्रतिशत पुगेको प्रधानाध्यापक बिकले बताए । अभिभावक र बिभिन्न संघसंस्थाले सहयोग गरेमा कक्षा १० सम्म नै निशुल्क अग्रेजी माध्यमबाट पठन पाठन सुरु गर्ने आफ्नो योजना रहेको प्रधानाध्यापक बिकको भनाई रहेको छ । यसरी नै अछाम जिल्लाका सबै विद्यालयहरुले आफ्नो बिद्यालयका लागी काम गर्ने हो भने गुणस्तरीय शिक्षाका लागी सहरका नीजि बोर्डिङ्ग स्कुल खोज्दै भौतारिनुपर्ने बाध्यताको अन्त्य हुने दावी गरिएको छ ।
।