
कल्पना बोहरा/अछाम । पूर्व उपप्रधानमन्त्री भीम रावलले जनतालाई विभिन्न बहानामा लामो समयदेखि नेपाली कांग्रेसले धोका दिँदै आएको बताए । जनताले बहुमत दिँदादिँदै पनि जनताका लागी काम गर्नुको साटो राष्ट्र र राष्ट्रियतालाई खतराम पार्ने बाहेक अरु केहि गर्न नसकेको आरोप लगाए । अछाम क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार रावलले वाम उम्मेदवारहरुको जित देखेर अत्तालिएको बताउँदै झुटा आश्वासन र आरोपलाई जनताले अब आगामी चुनावमा छर्लङ पारिदिने बताए ।
चौरपाटी गाउँपालिका वडा नं. ४ पायलमा सम्पन्न वाम गठबन्धनको चुनावी सभामा बोल्दै अछामको विकासका लागी वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । सभामा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दिपक सावद, एमाले जिल्ला अध्यक्ष एवं पूर्व सभासद शेरबहादुर कुँवर, प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार गोविन्दबहादुर कुँवरले वाम गठबन्धनले जितेमा शिक्षा, स्वास्थ्य, विधुत लगायत सम्रग विकासको लागि पहल गर्ने बताए ।
सभामा समानुपातिक तर्फका उम्मेदवार जंग विक, मिनाकुमारी सावद, शंकर कँवर, एमाले नेता जयन्द्र स्वार, नेकपा माओवादी केन्द्रका रामबहादुर थापा, प्रवासी नेपाली संघका महासचिव डम्मर रावल, माओवादी केन्द्र टंक रावल, सुरत भुल, जीवन साउद, टेकबहादु थापा, एमालेका पशुपति कुँवर, वुद्धिजिवी परिषदका उपाध्यक्ष लक्ष्मण कुँवर, नेकपा माओवादी केन्द्र शंकरमान बोहरा, दिपक दुवाल, एमाले नेता मोहन बोहरा लगायतले बोलेका थिए ।
।