सूचनाको शक्ति - The Power Of Information

        

कँडेललाई मारवाडी समुदायको साथ, मतदाताको हौसला

बाँके । दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन अव ७ दिन मात्र बाँकी छ । दलहरु तीब्र चुनावी अभियानमा छन् । उम्मेद्वारहरु घरघरमा पुगेर मतदाता रिझाउन व्यस्त भएका छन् । आप्mना एजेण्डा सुनाउने र मतदाताहरुलाई आश्वस्त पार्ने काम भइरहेको उम्मेदवारहरुले वताए ।
एकिकृत राप्रपा(राष्ट्रवादी) का उम्मेदवार उम्मेदवारलाई नेपालगन्जका मारवाडी समुदायले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नेपालगन्ज धम्बोझीस्थित खजुरा रोड क्षेत्रमा घरदैलो गर्ने क्रममा मारवाडी समुदायका अगुवाले एकिकृत राप्रपा(राष्ट्रवादी) पार्टीले मात्र राष्ट्रियताको रक्षा र विकास गर्ने बताए । ‘राष्ट्रको विकास गर्न सक्ने पार्टी एकिकृत राप्रपा राष्ट्रवादी पार्टी हो,’ मारवाडी समुदायका एक अगुवाले भने ‘तपाईहरु ढुक्क हुनुस्, हामी मारवाडीको साथ तपाईहरुलाई रहन्छ ।’
बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार एवम् एकिकृत राप्रपा(राष्ट्रवादी) का केन्द्रिय सह–प्रवक्ता तेजनारायण कँडेलको व्यक्तित्व र लगनशिलता प्रति उच्च प्रशंसा गर्दै मारवाडी समुदायका अगुवाले निर्वाचित भएपछि समग्र बाँकेको विकासका साथै नेपालगन्जको व्यापार, व्यवसाय प्रर्वद्धनका लागी विशेष प्राथमिकता दिन आग्रह गरेका थिए । ‘तपाई एक राष्ट्रवादी र धार्मिक एवम् निष्ठावान बौद्धिक व्यक्ती हुनुहुन्छ, तपाईप्रति हाम्रो आशा र भरोसा धेरै छ,’ उनले भने ।
सो क्रममा प्रतिनिधी सभा उम्मेदवार कँडेलले यसक्षेत्रको समृद्धि र विकासका निम्ति जनताको चाहना अनुरुप उम्मेदवारी दिएको प्रष्ट्याउँदै आफ्नो दक्षता र क्षमतालाई यहाँका जनताले स्वीकार गरिसकेको बताए । अब जनतामा चेतना जागेकाले हावादारी कुराको भ्रममा नपर्ने भन्दै आफुलाई जिताउन सम्पुर्ण शक्ति लागिसकेको बताए ।
त्यसअघि बुधबार दिउँसो नेपालगन्जको बुलबलिया, गगनगञ्ज र सुर्जीगाउँ लगायत क्षेत्रमा घरदैलो गरेका एकिकृत राप्रपा(राष्ट्रवादी) का उम्मेदवारले विकासका लागी भोट दिन आग्रह गरेका थिए । ‘अहिले ठुला पार्टीमा राम्रो उम्मेदवार छैनन्, विगतमा ठुला पार्टीलाई चुनाव जिताएर पनि खासै परिवर्तन आएन्, यसपटक तपाईहरुलाई भोट दिएर जिताउँछौं,’ एक मतदाताले हौसला दिदै भने । उम्मेदवार कँडेललाई त्यसक्षेत्रका मतदाताहरुले न्यानो आथित्यताले स्वागत गरे ।
प्रमुख दलहरुले आफ्नो पार्टीका उम्मेदवार नदिनु र हिन्दु सनातन धर्म आफ्नो मुख्य चुनावी नाराका भएका कारण एकिकृत राप्रपा (राष्ट्रवादी) बलियो बन्दै गएको उनको भनाई छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका ठूला दलहरुले क्षेत्र नम्वर २ मा आफ्नो उम्मेदवार नदिएर समर्थकका रुपमा मात्रै उभिएका कारण त्यसको फाईदा एकिकृत राप्रपा (राष्ट्रवादी)का युवा नेता कँडेलले लिने चर्चा राजनीतिक वृत्तमा चलेको छ । सनातन हिन्दुत्वलाई मन पराउनेको संख्या अधिक रहेकाले आफ्नो जित सुनिश्चित रहेको बताए ।
उम्मेद्वार कँडेलले आज विहीबार पनि घरदैलो गरेका छन् । उनी आफुप्रति बढ्दो जनलहरका कारण थप हौसिएका छन् । आज विहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ एमपी रोडमा घरदैलो गरिरहेका छन् । घरदैलोमा प्रतिनिधी सभा–२ का उम्मेदवार कँडेल सहित प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७४, बिहीबार ०७:०६