सूचनाको शक्ति - The Power Of Information

        

जिप दुर्घटना हुँदा कालिकोटमा ३ जनाको मृत्यु, ६ घाइते

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–१ मा बलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल मोडमा भएको सो दुर्घटनामा ६ जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको जिप अस्पताल मोडमा गएराति दुर्घटना भएको हो ।
मृत्यु हुनेमा मुगु भिई–७ का ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामिका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
जिपमा सुत्केरीसहित ९ यात्रु सवार थिए । घाइते हुनेमा मुगुका विष्णुराज धामी, लक्ष्मी रावत, किसिम काकी, मायालक्ष्मी मल्ल, हुम्लाका सन्तबहादुर शाही र बाँके नेपालगन्जका चालक यन्द्रप्रसाद थारु छन् । उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार ०४:४०