बाँके । संघीय समाजवादी फोरम नेपालका प्रतिनिधि सभा उम्मेदवार मोहम्मद ईस्तयाक राई नगर र गाउँमा एकैसाथ मतदाता भेटघाटलाई तीब्र पारेका छन् । केहीदिन यता घरदैलो अभियानलाई थप सशक्त पारेका पुर्वमन्त्री राई यसपटक प्रतिनिधि सभा–२ बाट निर्वाचित हुने दाउमा छन् । मतदाताको घरदैलोमा पुग्दा आफुले निकै माया र स्नेह पाएको पूर्वमन्त्री राईले बताए ।
‘मतदाताले जहाँ गएपनि एकदमै राम्रो रेसपोन्स गरेका छन्, तपाई एकमात्र स्थिर र सक्षम उम्मेदवार हुनुहुन्छ, हामी तपाईको साथमा छौं भनेर उहाँहरुले भन्दा मलाई उर्जा मिलेको छ,’ पुर्वमन्त्री राईले सुनाए । चुनावपछि पार्टी फेर्ने व्यक्तिले विकास गर्न नसक्ने आम मतदाताको बुझाई रहेको उनले बताए । ‘स्थिर व्यक्तिले मात्र विकास गर्न सक्छ, भन्ने कुरा आम मतदाताको बुझाई रहेको पाइयो,’ उनले थपे । आफु निर्वाचित भएपछि पहाडी, मधेसी, मुस्लिम, दलित सबै समुदाय र वर्गको उत्थानका लागी ठोस पहल गर्ने उनको प्रतिवद्धता रहेको छ ।
चुनावी अभियानका क्रममा पूर्वमन्त्री राईसहित प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार दुर्गेश गुप्ता लगायतले नेपालगन्ज उपमहानगरपालिका वडा नं.९ को बाँकेगाउँ क्षेत्र तथा बुलबुलिया, रामबाग लगायत क्षेत्रमा घरदैलो गरेको पुर्वमन्त्री राईले बताए । ‘गाउँतिर लगभग घरदैलो पुरा भइसकेको छ, केही गाउँमा मात्रै फाटफुट्ट बाँकी छ,’ राईले भने ‘अब नेपालगन्जको वडा नंं. ४, ६ र १० मा बढी मेहेनत गर्नुपर्ने देखिन्छ ।’
।