सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसको आक्रामक प्रचारले विपक्षी आत्तिए : सिग्देल

बाँके । नेपाली कांग्रेस केन्द्रिय प्रचारप्रसार उपसमितिका उपसंयोजक एवम् नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भइरहेका चुनावी गतिविधिबारे जानकारी लिएका छन् । सात नम्बर प्रदेशको कैलाली हुँदै पाँच नम्बर प्रदेशको बर्दिया पुगेर बाँके आएका सिग्देलले ती जिल्लाहरुमा कांग्रेसको पक्षमा भइरहेको प्रचारप्रसारबारे जानकारी लिएका हुन् ।
‘हरेक ठाउँमा कांग्रेसको पक्षमा व्यापक जनलहर सिर्जना भएको छ, आक्रामक प्रचारप्रसारले प्रतिष्पर्धी दलहरु आत्तिएका मैले पाएँ, जनताको भरोसा पनि कांग्रेसप्रति नै छ,’ बाँके, बर्दिया, दाङ्ग र पूर्वी रुकुमको चुनावी गतिविधिबारे रिेपोर्टिङ्ग गर्न स्थापना भएको नेपालगन्जस्थित प्रदेश नम्बर ५ को नेपाली कांग्रेसको मिडिया सेन्टरको आज (आइतबार) निरिक्षण गरेका सिग्देलले भने, ‘अझ सशक्त ढंगले प्रचारप्रसारमा जुट्न र कांग्रेस उम्मेदवारहरुमा पक्षमा माहोल बनाउन सबै प्रजातन्त्रबादी पत्रकारहरुलाई म आग्रह पनि गर्दछु ।’
नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिका सदस्य समेत रहनुभएका युनियन अध्यक्ष सिग्देलले सबैलाई एकजुट भएर चुनावमा होमिन आग्रह गर्दै भने, ‘सबैको काम र भूमिकाबारे पार्टी र संगठनले जानकारी लिइरहेको छ, त्यसको मूल्यांकन भविष्यमा हुन्छ ।’

प्रकाशित मिति : १० मंसिर २०७४, आइतवार ०९:०४