सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा निर्वाचन तयारी : आवश्यक परे १० मिनेटमै थप सुरक्षाकर्मी


बाँके । मंसीर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा थप सुरक्षा बल उपलब्ध गराइने भएको छ । जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको हो । बाँकेका १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धा्रित गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताए ।
प्रहरीका अनुसार मतदान हुने दिन मतदान केन्द्रको चार तहमा सुरक्षा हुनेछ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले फरकफरक कोणबाट सुरक्षा निगरानी गर्नेछन् । संवेदनशील मानिएका जिल्लाका १२६ स्थानका लागि प्रहरी र सेनाको मोबाइल गस्ती परिचालन गरिने, अनुसन्धान अधिकारी खटाउने र निगरानीको विशेष व्यवस्था गर्नेगरी सुरक्षा तयारी पूरा भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७४, आइतवार ०१:३८