सूचनाको शक्ति - The Power Of Information

        

मौन अवधिमा सञ्चारमाध्यममा आचारसंहिता उल्लंघनका ४८ घटना : काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सुरु भएदेखि हालसम्म आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना भएको जनाएको छ । उल्लंघनका घटना सबैभन्दा बढी छापा माध्यममा पाइएको छ । काउन्सिलका अनुसार विभिन्न २४ वटा आम सञ्चारमाध्यममा ४८ वटा आचारसंहिता उल्लंघनका घटना पाइएका छन् । तीमध्ये ११ वटा छापामा २४, तीन वटा रेडियोमा चाररचार वटा, टेलिभिजनमा पाँच र ६ वटा अनलाइनमा १५ वटा घटना देखिएका छन् ।
ती आम सञ्चारमाध्यमले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारका चुनावी सार्वजनिक कार्यक्रमको प्रचारप्रसार तथा विज्ञापन सम्प्रेषण गरेको पाइएको छ । आचारसंहिता प्रतिकूलका सामग्री सम्प्रेषण गरेकाले यी सबै आम सञ्चारमाध्यमलाई पत्रकार तथा निर्वाचन आचारसंहिता पालनामा सचेत रहन तत्कालै पत्राचार गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए । मौन अवधि सुरु हुनुअघिसम्म विभिन्न ५४ वटा आम सञ्चारमाध्यममा यस्तै उल्लंघनका ११३ वटा घटना देखिएका थिए, जसमा २४ वटा छापामा ३४ वटा, १८ वटा रेडियोमा ३२, सातवटा टेलिभिजमा २७ र पाँच वटा अनलाइनमा २० वटा घटना पाइएका थिए । रासस

प्रकाशित मिति : १० मंसिर २०७४, आइतवार ०१:२८