सूचनाको शक्ति - The Power Of Information

        

सिचाइँ सुविधा माग्दै मतदाता


बाँके । बाँके निर्वाचन क्षेत्र ३ स्थित परस्पुरबासीले सिंचाइँ सुविधाको माग गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट बाँके क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी, र ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारयाण शाहसँग उनीहरुले सिंचाइँ सुविधाको व्यवस्था मिलाइ दिन माग गरेका हुन् ।
आप्mनो मुख्य पेशा नै कृषि भएको भन्दै त्यसक्षेत्रका मतदाताहरुले कृषिमा आत्मनिर्भर गराउने खालको योजना ल्याउनेलाई मतदान गर्ने वताए । घरदैलो कार्यक्रममा सहभागी प्रतिनिधिसभा उम्मेदवार कुर्मीले परस्पुर तरकारी खेतीको राम्रो सम्भावना भएको ठाउँ भएकाले आफुले किसानहरुको भावना बुझेको र उनीहरुको आधारभूत समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
कृृषिमा ठूलो सम्भावना बोकेको क्षेत्र रहेकोले आफुले पनि कृषिसँग सम्बन्धित योजना लिएर मतदातामाझ पुगेको प्रदेशसभा ख का उम्मेदवार शाहले वताए । उनले भने, ‘अधिकांश मतदाताहरुको माग सिंचाइँ सुविधा नै उपलब्ध गराउनु पर्छ भन्ने छ, त्यसैगरी पुलपुलेसा निर्माणदेखि सडकको माग पनि मतदाताले गर्नुभएको छ ।’

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार ०२:०५