सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आचारसंहिता विपरीत प्रचार : सञ्जाल

बाँके । निर्वाचन आचारसंहिता विपरीत बाँकेमा उम्मेदवारहरुले चुनाबी प्रचारप्रसार गरेको कार्यप्रति मानव अधिकार सञ्जालले आपत्ति प्रकट गरेको छ । निर्वाचन आचारसंहिात विपरीत प्रचारप्रसारमा लागेकाहरुलाई अबिलम्ब कानुनी दायरामा ल्याउन सञ्जालले माग गरेको छ । थर्ड एलायन्स र हरप्लेसको संयुक्त आयोजनामा राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेलको प्रमुख अतिथ्यमा बुधबार बसेको सञ्जालको बैठकले आसन्न प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार, मतदाता, निर्वाचनमा खटिने कर्मचारी, पर्यबेक्षक, मानवअधिकार रक्षक र पत्रकारहरुको सुरक्षाका विषयमा गम्भीर हुन स्थानीय प्रशासनसँग अपिल गरेको छ ।
बैठकले निर्वाचनको पर्यवेक्षण गर्ने संस्थाहरुसँग समन्वय गरी अनुगमनलाई प्रभावकारी बनाउनका लागि नियोकका ५ नम्बर प्रदेशका संयोजक सुरेश गौतमलाई जिम्मेवारी दिएको छ । यस्तै बैठकले १६ दिने महिला हिंसांविरुद्धको दिवस भव्य रुपमा मनाउनका लागि अधिकारवादी संस्थाहरुसँग समन्वय गर्न फातिमा फाउण्डेसनलाई जिम्मेवारी दिएको छ भने नरैनापुर गाउँपालिकामा सामाजिक सद्भाव झल्किने मानवअधिकारमैत्री अन्तरक्रिया गर्न अधिवक्ता विश्वजीत तिवारीलार्ई जिम्मेवारी तोकिएको छ । यसैगरी अन्तर्राष्ट्रिय मानवअधिकार दिवस अधिकारवादी संस्थाहरुको संयुक्त आयोजनामा मनाउने निर्णय गरिएको थर्ड एलायन्सका उपक्षेत्रीय संयोजक आलम खानले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहीबार ०२:३०