सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा


काठमाडौं । सरकारले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको गृह सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । यसअघि बढुवा सिफारिस समितिले चारै जनालाई एआइजीमा सिफारिस गरेको थियो । उनीहरु विरुद्ध कुनै पनि उजुरी नआएपछि सरकारले बढुवा गर्ने निर्णय गरेको हो ।
एआइजीमा बढुवा भएका चारै जना प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै ब्याचका हुन् । गत कात्तिक २७ गते बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । समितिले बढुवा सिफारिसउपर चित्त नबुझे एक साताभित्र उजुरी गर्न सूचना जारी गरे पनि कुनै पनि उजुरी परेको थिएन । नेपाल प्रहरीमा एआइजीका दुई दरबन्दी रिक्त भए पनि बढुवा हुन सकेको थिएन । एआइजीका आकांक्षी धेरै भएपछि सबैलाई भागबन्डा पुर्याउन सरकारले कात्तिक अन्तिम साता फेरि दुई एआइजीको दरबन्दी थपेर चार र्पुयाएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ०८:२७