सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटका दुई गाउँलाई वाम लालकिल्ला घोषणा

खम्वप्रसाद पुन/बाँके । प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा जाजरकोटमा वाम गठबन्धनको चुनावी अभियानसँगै लालकिल्ला घोषणा गर्ने अभियान पनि अघि बढ्दै गएको छ । चुनावी माहौल तात्तिँदै गर्दा कार्तिक २७ गते वाम गठबन्धनले कुशे गाँउपालिका वडा नं ७ अन्तरगत धनरासीका सबै घरधुरीलाई समेटेर लालकिल्ला घोषणा गरिएको छन् । जाजरकोट जिल्लामा वाम गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसार टोलीले उक्त गाँउलाई आफ्नो वाम गढकारुपमा लालकिल्ला घोषणा गरेको हो ।
चुनावी प्रचारप्रसारकै क्रममा वाम गठबन्धनले वडा नं ७ कै समाइला गाँउलाई पनि लालकिल्ला घोषणा गरेका छन् । नेपालमै वाम पार्टीको लालकिल्ला भनेर चिनिने रोल्पाको थवाङपछि जाजरकोटका धनरासी र समाइला गाँउ पनि वाम पार्टीको लालकिल्ला घोषणा भएको नेकपा एमाले जिल्ला सल्लाहकार समितिका सदस्य डम्बरबहादुर घर्ती जानकारी दिएका छन् । वाम पार्टीबाहेक अरु पार्टीको मत नरहने गरी यी दुई गाँउ लालकिल्ला घोषणा भएको नेकपा एमाले कुशे गाँउपालिका गाँउ इकाई कमिटीका सचिव गोपाल पुनले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ०८:१७